शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

सोमबार, २७ असार २०७९, ०६ : ५६
सोमबार, २७ असार २०७९

सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयलाई छलफलको एजेण्डा बनाइएको छ । 

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले  स्थानीय तह निर्वाचन २०७९ को  समीक्षा आउँदो   प्रदेश  र प्रतिनिधि  सभाको   निर्वाचनको  रणनीतिका सन्दर्भमा पनि छलफल हुने बताए । बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ ।  आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो ।

भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी जनजाति महासंघले मान्यता पाउने भएका छन् । यो प्रस्ताव आजदेखि बस्ने बैठकमा प्रस्तुत गरिनेछ ।

बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान स्वीकृत गरी ती संस्थाहरुलाई भ्रातृ तथा शुभेच्छुक संस्थाको रुपमा अनुमति प्रदान गर्नेछ । अब काँग्रेसका भ्रातृ संस्थाको संख्या १३ बाट बढेर १५ पुग्नेछ भने शुभेच्छुक संस्थाको संख्या २७ पुग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप