ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा गठबन्धनबाट भविश्वर शर्माको उम्मेदवारी
ठमेल पर्यटन विकास परिषद्को आसन्न निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भविश्वर शर्मा प्यानलको प्रचारप्रसार समिति संयोजकमा व्यवसायी अर्जुनलाल प्रधान चयन भएका छन् । शनिबार बसेको सत्ता गठबन्धन निकट पर्यटन व्यवसायीको सर्वपक्षीय बैठकले प्रधानलाई प्रचारप्रसार समिति संयोजकमा चयन गर्ने निर्णय गरेको हो ।
व्यवसायी प्रधान अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्याशी थिए । यद्यपि उनी झिनो मतान्तरले पराजित भएका थिए । हाल उनीसहित सत्ता गठबन्धनमा रहेका सबै दलका पर्यटन व्यवसायीले भविश्वर शर्मालाई समर्थन गरेका छन् । ५१ सदस्यीय प्रचारप्रसार समितिले पूर्णता पाउन अझै बाँकी छ । आइतबार थप छलफलमार्फत समितिलाई पूर्णता दिइने व्यवसायी प्रधानले जानकारी दिए ।
परिषद्को आगामी असार ३२ गते हुने निर्वाचनका लागि प्रचारप्रसारमा कुनै कसर बाँकी नराख्ने पनि व्यवसायी प्रधानले बताए । व्यवसायी प्रधान ठमेल क्षेत्रका प्रभावशाली व्यवसायी मानिन्छन् । उनी नेकपा एकीकृत समाजवादीको विशेष प्रदेश कमिटीका सदस्य समेत हुन् ।
हाल ठमेल क्षेत्रमा परिषद्को आसन्न निर्वाचनलाई तरंग सिर्जना भएको छ । उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त बनेका छन् । अध्यक्षका उम्मेदवार शर्माको प्यानलबाट उपाध्यक्षमा सहदेव धमाला, महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा सोजेशमान मालाकार उम्मेदवार छन् । असार २९ गते मात्रै उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या