शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकामा गोली हानाहान : जोहानेसबर्ग बारमा १४ जनाको मृत्यु

आइतबार, २६ असार २०७९, २२ : ३२
आइतबार, २६ असार २०७९

दक्षिण अफ्रिकी शहर जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको एउटा बारमा भएको गोलीकाण्डमा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।  शनिबार–आइतबारको मध्यरात घटना भएको र बिहान प्रहरीलाई खबर गरिएको प्रहरीले बताएको छ ।

प्रहरी त्यहाँ पुग्दा १२ जनाको मृत्यु भइसकेको थियो । अस्पताल लगिएको ११ जनामध्ये थप २ जनाको मृत्यु भएको थियो । घटनास्थलमा भेटिएको गोलीका अवशेषले आक्रमणकारी भीडमै रहेको देखाएको प्रहरी अधिकृत इलियास मावेलाले बताए । अहिले प्रहरीले सम्पूर्ण क्षेत्र सिल गरेर घटनाको अनुसन्धान भइरहेको छ।

घटनास्थलमा उपस्थित केही प्रत्यक्षदर्शीले राति एक बजेतिर मिनिबस ट्याक्सीमा सवार केही व्यक्तिको भीड बारमा पुगेर गोली चलाउन थालेको बताए ।  गोली चल्नेबित्तिकै भागदौड मच्चिएको तिनले बताए । आक्रमणको कारण भने हालसम्म खुलेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप