बैतडी र दार्चुलामा भूकम्पको धक्का
आइतबार, २६ असार २०७९, २२ : १७
बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । भूकम्पबाट क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत जेठ २४, वैशाख २८ र वैशाख ६ गते पनि सुदूरपहाडमा भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त