बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अमेरिकामा नेपाल–आइटी संवाद

आइतबार, २६ असार २०७९, २२ : ०४
आइतबार, २६ असार २०७९

अमेरिकामा शनिबार काँग्रेस नेताहरुसँग नेपाल–आइटी संवाद भएको छ । नेपालमा आईटीमा व्यापक पहुँच, सुरक्षा र लाखौं रोजगारी सृजनाको मार्ग चित्र कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा अमेरिकाको क्यालिफोर्निया राज्यको (सिलिकन भ्याली) मा एक बिशेष बैठक सम्पन्न भएको हो ।

अमेरिका भ्रमणबाट नेपाल फर्किने दिन पारेर काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको निमन्त्रणामा गुगल, एप्पल, फेसबुक, अमेजन, माइक्रोसफ्ट लगायत विश्वप्रसिद्ध संस्थाका लागि कार्य गरिरहेका करिव एक दर्जन आइटी विज्ञ र आइटी प्रोफेसनल युवाहरूसँग छलफल भएको हो । बैठकमा सूचना र प्रविधिमा नेपालको आजको अवस्था र आगामी सम्भावनाबारे महत्त्वपूर्ण छलफल भएको छ ।

बैठकमा नेपालका लागि सान्दर्भिक दृष्टी र परियोजना निर्माण गर्न सहभागी र सहभागीमार्फत सम्बद्ध क्षेत्रलाई आग्रह गरिएको छ । बैठकमा सहभागीहरुले राजनैतिक द्वन्द्व र आग्रहभन्दा पर रहेर प्रविधिको क्षेत्रमा साझा ढंगले कार्य गर्न सकिने कुरामा जोड दिएका थिए ।  

प्रविधिको प्रयोग र विकासमा नेपाललाई तीब्र गतिमा अगाडी बढाउन नीतिगत निरन्तरताको सुनिश्चितताको आवश्यकता सहभागीले औंल्याएका थिए ।​
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाका आइटी विज्ञ इन्जिनियर दिपेश बिष्ट, अमेरिकामा रहेका नेपाली परमाणु वैज्ञानिक डा.यादव पण्डित तथा डा. देशराज संयोजक लिम्बु जुममार्फत सहभागी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप