बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कालीकोटमा घर भत्किँदा पाँच जना घाइते

आइतबार, २६ असार २०७९, २१ : ३९
आइतबार, २६ असार २०७९

कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर १, पुरानो बसपार्क नजिकै घर भत्किँदा ५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा खाँडाचक्र नगरपालिका वडा नम्बर १ निवासी ६० वर्षीय मिमकोसा दमाई, वडा नम्बर २ की शिवकला दमाई, नरहरिनाथ गाउँपालिका वडा नम्बर १ का महेन्द्र बिष्ट, वडा नम्बर ५ कै गोरीकला सहकारी र खाँडाचक्र नगरपालिका वडा नम्बर ४ की देउरुपा चौलागाई छन् । आइतबार पुरानो बसपार्क नजिक कर्णाली राजमार्ग जोड्ने सडक भासिन थालेपछि सडक छेउकै सो घर जोखिममा पर्ने देखेर सामान सार्न थालिएको थियो । सामान ओसार्ने क्रममै घर भत्किएको स्थानीयवासीको भनाइ छ ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कालीकोट लगिएको नेपाल प्रहरीले जनाएको छ । घरभित्र कतिजना थिए भन्ने यकिन विवरण भने नभएको र उद्धार भइरहेको प्रहरीको भनाइ छ । उद्धारका लागि नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीको टोली खटिएको छ । तत्काल डोजरको माध्यमबाट भत्किएको घर पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोट​का डीएसपी सिद्धराज न्यौपानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप