शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

बास्केटबल : प्रिमियर क्वाटरफाइनलमा

आइतबार, २६ असार २०७९, १९ : ३१
आइतबार, २६ असार २०७९

आयोजक प्रिमियर इन्टरनेसनल स्कुल प्रथम एसईई कपअन्तर्गत ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको फुटसलतर्फ आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । खुमल्टारस्थित आयोजकको हातामा भएको खेलमा प्रिमियरले अक्षरालाई २–० गोलले पराजित गर्‍यो ।

स्वस्तिश्री गुरुकुल पनि क्वाटरफाइनलमा पुग्यो । त्यस्तै यस गुरुकुल, रोजर एफसी, स्वस्तिश्री ग्रिन, काष्ठमण्डप, नो मर्सी, रोजबड, साइपाल एकेडेमी, सोसियल वेल्फेयर, स्वस्तिश्री रेड, शान्तिनगर फुटसल र मानेश्वरी प्रिक्वाटरफाइनलमा पुगे ।

बास्केटबलको थ्री बाइ थ्रीमा न्यु जेनिथ ‘ए’, एन्जल्स हार्ट, नखिपोट, एमआईएस, ऋत एकेडेमी र पाठशाला नेपालले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । प्रतियोगिताको प्रिमियरका प्रबन्ध निर्देशक वसन्त थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । फुटसलमा २४ तथा बास्केटबलमा १६ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक राजु श्रेष्ठले जनाएका छन् ।

फुटसलमा विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । बास्केटबलमा पहिलोलाई ३५ हजार र दोस्रोलाई २० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप