जसपाको केन्द्रीय कार्यालय जान छाडेका बाबुरामले सिंहदरवारबाटै चलाउँछन् आफ्नो गुट
जनता समाजवादी पार्टी नेपालको विवाद तीव्र रुपमा अगाडि बढिरहेको छ । जसपाका दुवै समूह (बाबुराम र उपेन्द्र)ले एकै समयमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
आ–आफ्नो पक्षको बैठकका लागि दुवै समूहले तयारीलाई तीव्र तुल्याएका छन् । जसपाका केन्द्रीय सदस्यहरु अहिले तानातानमा छन् । दुवै समूहले केन्द्रीय समितिमा आफ्नो बहुमत पु¥याउन कसरत गरिरहेका छन् । यस क्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले बालकुमारीस्थित पार्टी कार्यालयलाई प्रयोगमा ल्याएका छन् भने जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले सिंहदरबारस्थित संसदीय दलको कार्यालय प्रयोग गरेका छन् ।
सिंहदरबारमा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको आफ्नो छुट्टै संसदीय दल छ । नयाँ शक्ति हुँदा नै संसद सचिवालयले भट्टराईलाई कार्यालय उपलब्ध गराएको थियो । नयाँ शक्तिले संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेर समाजवादी पार्टी बनाए पनि त्यो कार्यालय भट्टराईले छाडेका थिएनन् । पछि समाजवादी पार्टी नेपाल र तत्कालीन राजपाबीच एकीकरण गरेर जसपा नेपाल बनाए पनि उनले सो कार्यालय नै प्रयोग गर्दै आएका थिए ।
जसपा बनेपछि सो दलको संसदीय दलको कार्यालय संसद सचिवालयको भवन नम्बर २ मा राखियो । अध्यक्ष भट्टराईका लागि पनि त्यहीँ बस्ने व्यवस्था गरिएको थियो । तर उनले आफ्नो पुरानो संसदीय दलको कार्यालय छाडेनन् । अहिले सोही कार्यालय बाबुरामलाई काम लागेको छ । जसपामा अन्तरद्वन्द्व सुरु भएपछि बाबुराम बालकुमारीस्थित पार्टी कार्यालय जान छाडेका छन् । अहिले आफ्नो समूहको गतिविधि सिंहदरबारस्थित आफ्नो पुरानो संसदीय दलको कार्यालयबाट डा. भट्टराईले सञ्चालन गरिरहेको स्रोतले जनाएको छ । भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक बस्ने तयारीस्वरुप डकुमेन्ट तयारी गर्नेदेखि लिएर केन्द्रीय समिति सदस्यलाई सम्पर्क गर्ने लगायतका काम सोही कार्यालयबाट हुने गरेको स्रोतको दावी छ ।
जसपा (बाबुराम समूह) का एक कार्यकारिणी समिति सदस्यले भने, ‘अहिले हाम्रो सम्पर्क कार्यालय कहीँ पनि छैन, जसलाई जहाँ अनुकुल भयो, त्यहीँ बसेर छलफल तथा बैठक गर्ने गरेका छौं, केन्द्रीय समितिको बैठकपछि परिस्थिति के बन्छ, त्यो अनुसार सम्पर्क कार्यालय खोज्ने कुरा हुन्छ ।’ सिंहदरबारस्थित संसदीय कार्यालयमा बाबुराम भट्टराई पहिलादेखि बस्दै आएका हुनाले त्यहाँ मान्छेहरूसँग भेटघाट गर्नु सामान्य कुरा भएको तर पार्टीको गतिविधि त्यहाँबाट सञ्चालन नभएको उनको दाबी छ ।
केन्द्रीय समितिको बैठक र एजेण्डाबारे पार्टीका सबै सदस्यलाई जानकारी गराइसकेको सो पक्षका नेताहरुको भनाइ छ । बैठकको जानकारी एसएमएस र इमेलबाट गराइएको एक नेताले बताए । असार २८ गतेदेखि जडीबुटीको एक पार्टी प्यालेसमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण