ढिलो-चाँडो श्रीलंकाको अवस्थामा पुगिने हो : नेता श्रेष्ठ
आइतबार, २६ असार २०७९, १८ : ४१
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा श्रीलंकाको अवस्थामा पुग्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै नेता श्रेष्ठले समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामुहिक एवं संगठित प्रयत्नको लागि आह्वान गरेका छन् ।
उनले भनेका छन्, ‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं, यो सहि नै हो । तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार-सिध्दान्त एवं मुल्यविहीन भ्रष्ट- स्वार्थी राजनीतिको बोलवाला, कुशासन ,भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालिकृत सत्ता,समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो,एउटा वा अर्को रुपमा पुर्याउने त्यतै हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार व्यक्ति युएईबाट पक्राउ
-
सरकारले किन फिर्ता लियो राजनीतिक दलसम्बन्धी विधेयक ?
-
बिर्सेर पनि फ्रिजमा राख्नुहुन्न यी पाँच फल
-
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत
-
संसद् भवन प्रवेश गर्ने गेटमा सुरक्षा कडाइ (तस्बिरहरू)
-
ऐश्वर्या रायका कान्स लूक (तस्बिरहरू)