बनेपामा वृक्षारोपण गरियो
आइतबार, २६ असार २०७९, १८ : ३०
‘जय संस्कृती, जय प्रकृति’ भन्ने मुल नाराका साथ बनेपा नगरपालिका कासिभन्ज्याङमा वृक्षारोपण गरिएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले देशभरका ६२ जना साइकल यात्री तथा अन्य नागरिकको उपस्थितिमा उक्त वृक्षारोपण गरेको हो ।
नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले सामाजिक तथा वातावरण संरक्षण कार्यक्रमहरुले आउने पुस्तालाई राम्रो सन्देश जाने बताए । जिल्ला समन्वय समितिका सभापति दिपक गौतमले हरेक स्थानीय सरकारले प्रकृति संरक्षणमा उल्लेखनीय भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा विश्व साइकल यात्री पुष्कर शाह, अजित बराललगायत सामाजिक अभियान्ताको उपस्थिति थियो । कार्यक्रमलाई एनआईइसि, माण्डव्य ग्रुप अफ कम्पनी, क्यास्ट्लो, युवा क्लब र जिल्ला वन कार्यालयले सहकार्य गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने