राप्रपाले गर्यो अन्तर्राष्ट्रिय सम्बन्ध विभाग विस्तार
आइतबार, २६ असार २०७९, १८ : २३
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग विस्तार गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री भुवन पाठक प्रमुख रहेको अन्तर्राष्ट्रिय सम्बन्ध विभागलाई आइतबार पूर्णता दिएका हुन् ।
अध्यक्ष लिङ्देनले प्रवक्ता सगुन सुन्दर लावतीलाई विभागको सदस्य सचिवमा मनोनयन गरेका छन् । प्रवक्ता लावतीले जानकारी गराए अनुसार, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सदस्यहरूमा शोभित उप्रेती, प्रेक्षा मल्ल, लोकनाथ तिवारी, अन्जना चाकुवजी शाह, रोजेश रिजाल, अरुणा ज्ञवाली र विमल प्रताप शाहलाई मनोनयन गरिएको छ ।
यसैगरी पार्टीका प्रवास विभाग प्रमुख आनन्द अधिकारी र प्रवासी नेपाली एकता समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रेम श्रेष्ठ विभागको आमन्त्रित सदस्य रहने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण