भ्रातृ संस्थाको पूर्णताको माग राख्दै कोइराला समूहले प्रदर्शन गर्ने
आइतबार, २६ असार २०७९, १८ : ०४
नेपाली काँग्रेसको भ्रातृ संस्थालाई पूर्णता नपाएको विषयमा शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवामाथि दबाब सृजना गर्ने भएको छ । काठमाडौंको विशालनगरमा कोइराला समूहको बैठक बसेको थियो । सो समूहले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रदर्शन गर्ने निर्णयमा पुगेको हो ।
शेखर समूहले पार्टी नेतृत्वको र सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको छ । काँग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर समूहले भ्रातृ संस्थाको पूर्णताको माग राखेर प्रदर्शनको तयारी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण