राप्रपा महिला संघको बैठकमा कुटाकुट
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा कुटाकुट भएको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको बैठकमा कुटाकुट भएको हो ।
राप्रपा महिला संघको अध्यक्षमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अगाडि मात्रै अञ्जना शाह रावललाई नियुक्त गरेका थिए । शाह अध्यक्षमा नियुक्त भएपछि आज बसेको पहिलो बैठकमा असन्तुष्ट पक्ष कुमारी तामाङलगायतको समुहले विरोध गरेका हुन् । उनीहरुले पार्टी बाहिरको मान्छेलाई ल्याएर अध्यक्ष बनाएको भन्दै विरोध जनाएका थिए ।
बैठकमा विवाद भएपछि दुवै पक्षबीच भनाभन भएको थियो । त्यसपछि हानाहान भएको हाे । हानाहानको क्रममा राप्रपाका महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङ लगायतका घाइते भएका छन् । घाइते केहीको चावहिलस्थित हेल्पिङ हेन्स हस्पिटलमा उपचार भइरहेको राप्रपाका एक केन्द्रीय सदस्यले रातोपाटीलाई जानकारी दिए ।
बैठकमा कुर्सी प्रहार गरिएको छ भने टेबुल तोडफोड गरिएको छ । बैठकमा दुई पक्षबीच झडप भएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन त्यहाँ पुगेका थिए । पछिल्लो समय राप्रपामा विवाद देखिँदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
