आगामी निर्वाचनसम्म यहि गठबन्धन जान्छ : देव गुरुङ

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आगामी प्रदेश र संघको चुनावसम्म यहीँ गठबन्धन नै कायम हुने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङले गठबन्धनमा कुनै समस्या नआउँदासम्म अर्को गठबन्धन बनाउने अवस्था नरहेको बताए ।
‘अहिले गठबन्धन बदलिने अवस्था देखिँदैन । सत्तारुढ गठबन्धनमा गम्भीर खालका भुलहरु गम्भीर खालका त्रुटिहरु भएको भए विकल्प खोज्ने अवस्था हुन्थ्यो । सत्ता गठबन्धनमा अहिलेको सन्दर्भमा राष्ट्रियताको मुद्दामा डेमोक्रेसीको मुद्दामा गम्भीर भुल भएको देखिँदैन’ गुरुङले भने, ‘यहीँ अवस्थामा आगामी निर्वाचनसम्म यो गठबन्धन जाने सम्भावना छ ।’ एमालेले विगतमा गरेको गल्तीको आत्मसमीक्षा नगरेकाले सहकार्य गर्ने सम्भावना नरहेको गुरुङले बताए ।
‘एमाले गम्भीर रुपमा आत्मसमीक्षा गरेर अघि बढेको देखिँदैन । यद्यपि उहाँले सदन अवरुद्धको प्रक्रियालाई सहज बनाउनुभएको छ । यस अर्थमा सकारात्मक मान्नुपर्ने अवस्था भएको छ’ गुरुङले भने, ‘राष्ट्रियताको सवालमा जे जस्ता गल्ती भएका थिए । ती विषयमा आत्मसमीक्षा भइसकेको छैन । डेमोक्रेसीको सवालमा यो संविधानलाई नै डिरेल गर्ने खालका जो समस्याहरु देखापरे । त्यस विषयमा गम्भीरतापूर्वक आत्मसमीक्षा भएको छैन ।’ यदि एमालेले गम्भीर आत्मसमीक्षा गरेमा पुनः सहकार्य हुने ढोका भने खुला रहेको गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !