शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

असारमा बाली लगाउँदै किसानमा चिन्ता : यस वर्ष उत्पादन घट्छ

आइतबार, २६ असार २०७९, १७ : ०१
आइतबार, २६ असार २०७९

मलखाद तथा उन्नत बीउबिजन अभावले यस वर्ष महोत्तरीमा कृषि उत्पादन घट्ने किसानको भनाइ छ । समयमै बीउबिजन नपाएको र भने जसरी मलखाद हाल्न नपाएपछि उनीहरू बाली लगाउन बेलादेखि नै चिन्तामा परेका हुन् । 

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार महोत्तरीमा असारको अन्तिमसम्म जम्मा ३३ प्रतिशत मात्रै रोपाइ भएको छ । ‘धान रोपाइ त गरियो तर फल्छ कि फल्दैन बडो गार्‍हो छ ।’ बर्दिबास–३ का किसान सुजन पौडेलले भने ।  एकातिर जलवायु परिवर्तनको प्रकोप अर्कोतिर मलखाद अभावका कारण किसानहरू कृषि पेशाबाट  लागेको बताउँछन् । प्राङ्गारिक मलले मात्र उत्पादन नहुने र उत्पादनका लागि  रासायनिक मलमा नै भर पर्नु पर्ने बाध्यताले पछिल्लो समय समस्या बन्दै गएको किसानहरूको गुनासो छ ।

कृषि विज्ञ भने उत्पादनमा कमी आउनु किसानको आफ्नै कारण पनि रहेको बताउँछन् । खेतबारीमा रासायनिक मल मात्र हाल्नाले केही बर्ष उत्पादन बढे पनि त्यसपछि स्वत ह्रास आउने विज्ञहरूको बुझाइ छ । किसानहरूले विज्ञसँग छलफल नै नगरी आफूखुसी बिउ प्रयोग गर्दा पनि उत्पादनमा ह्रास आएको वरिष्ठ कृषि विज्ञ महादेवप्रसाद पौडेलले बताए । 

किसानहरूले प्रयोग गर्दै आएको सोना मन्सुली धानको प्रजाति सोना मन्सुली नै नभएको विज्ञहरूले बताए । सोना मन्सुली भनिएको धानलाई किसानहरूले बिस्थापन नै गर्नुपर्ने सुझाव दिँदै वरिष्ठ कृषिविज्ञ ललनकुमार सिंहले उत्पादन बढाउन बीउबिजन समेत उपयुक्त छनोट गर्नुपर्ने बताए ।

मौसमको अस्वभाविक परिवर्तन हुँदा कीराहरूको प्रकोपले पनि किसानले समस्या भोग्दै आएका छन् । जसको कारण उत्पादनमा ह्रास आएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप