कृषकलाई निःशुल्क सुन्तलाका बिरुवा वितरण
जोरायल गाउँपालिकामा रहेको कृषि विकास कार्यालयले यहाँका नौवटै वडाका कृषकलाई निःशुल्करुपमा सुन्तलाका बिरुवा वितरण गर्न थालेको छ । प्रत्येक वडामा कम्तीमा पनि २०० जना व्यावसायिकरुपमा सुन्तलाखेती गर्ने कृषकलाई निःशुल्करुपमा सुन्तला तथा अमिलो जातका बिरुवा वितरण गर्न सुरु गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।
जोरायल क्षेत्र सुन्तला र अमिलो उत्पादनका लागि प्रसिद्ध मानिँदै आएको छ । कृषि विकास कार्यालयले यहाँका विभिन्न नर्सरीमा उत्पादन गरिएका र कृषकको मागका आधारमा जिल्ला बाहिरबाट ल्याइएका सुन्तला तथा अमिलो जातका बिरुवा वितरण गर्ने कार्य सुरु गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत नरेन्द्र ठगुन्नाले जानकारी दिए । कृषि विकास कार्यालयले वितरण सुरु गरेका बिरुवामा सुन्तला, कागती, लिची, आँपलगायत रहेका छन् ।
सुन्तलाका बिरुवा कम्तीमा एक हजार २०० जति रहेको बताइएको छ । पालिकाभरिका किसानलाई सुन्तला तथा अमिलो लगायतका नगदेखेतीमा आत्मनिर्भर गर्नका लागि निःशुल्करुपमा अमिलो तथा सुन्तलाका बिरुवा वितरण गरिन लागिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन