आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

थप १२१ मा कोरोनाको संक्रमण

आइतबार, २६ असार २०७९, १५ : ४२
आइतबार, २६ असार २०७९

नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ मा कोरोनाभाइरसको संक्रमण देखिएको छ । ३ हजार ४५ जनाको नमुना परीक्षण गर्दा आरटी पिसिआर विधिबाट १०४ र एन्टिजेन विधिमार्फत १७ जनामा कोरोना पुष्टि भएको हो ।

सबैभन्दा धेरै संक्रमित काठमाडौँमा भेटिएका छन् । यहाँ ७२ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ललितपुरका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या बढेर ६७८ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप