काँग्रेस पदाधिकारी बैठक सानेपामा सुरु, शेखर समूह छुट्टै छलफलमा
नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्को संयोजनमा बैठक बसिरहेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई बताए ।
उनका अनुसार भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा पार्टी कार्यालय सानेपामा छलफल भइरहेको छ । उनले भने, ‘कार्यव्यस्तताका कारण सभापतिज्यू आजको बैठकमा पनि सहभागी हुनुहुन्न । उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा बैठक भइरहेको छ।’ बैठकमा संस्थापन पक्षमा नेताहरु मात्र सहभागी छन् । तर शेखर कोइराला समूह उनको निजी सचिवालयमा आन्तरिक छलफलमा छ ।
कोइराला पक्षीय उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे सानेपा बैठकमा सहभागी नरहेको पदाधिकारी बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । बैठकमा संस्थापन पक्षीय पदाधिकारीका साथै केन्द्रीय कार्यसम्पादन समिति सदस्य एनपी साउद, जीवनबहादुर शाही पनि सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
-
सामाजिक संजालको प्रयोग गरी फिरौती रकम माग गर्ने व्यक्ति पक्राउ
-
बेनीमा चक्रपथ स्तरोन्नति सुरु
-
थाइल्यान्डमा सांस्कृतिक र पर्यटन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
-
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
-
दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय