काँग्रेस पदाधिकारी बैठक सानेपामा सुरु, शेखर समूह छुट्टै छलफलमा
नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्को संयोजनमा बैठक बसिरहेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई बताए ।
उनका अनुसार भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा पार्टी कार्यालय सानेपामा छलफल भइरहेको छ । उनले भने, ‘कार्यव्यस्तताका कारण सभापतिज्यू आजको बैठकमा पनि सहभागी हुनुहुन्न । उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा बैठक भइरहेको छ।’ बैठकमा संस्थापन पक्षमा नेताहरु मात्र सहभागी छन् । तर शेखर कोइराला समूह उनको निजी सचिवालयमा आन्तरिक छलफलमा छ ।
कोइराला पक्षीय उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे सानेपा बैठकमा सहभागी नरहेको पदाधिकारी बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । बैठकमा संस्थापन पक्षीय पदाधिकारीका साथै केन्द्रीय कार्यसम्पादन समिति सदस्य एनपी साउद, जीवनबहादुर शाही पनि सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण