जसपा बाबुराम पक्षको बैठक असार २८ र २९ गते
समाजवादी पार्टी, नेपाल (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक असार २८ र २९ गते बैठक बस्ने तय भएको छ । यसअघि २९ र ३० गते बस्ने तय भएको बैठक एक दिन अघि नै सारिएको हो ।
जसपा (उपेन्द्र यादव पक्ष) ले सुरुमा २७ र २८ गते केन्द्रीय समितिको बैठक वीरगञ्जमा गर्ने घोषणा गरेको थियो । त्यसपछि जसपा (बाबुराम पक्ष) ले काठमाडौँमा २९ र ३० गते केन्द्रीय समितिको विस्तारित बैठक बस्ने घोषणा गर्यो ।
त्यसपछि जसपा (उपेन्द्र यादव पक्ष) ले पनि बकर इदको कारण देखाउँदै बैठकको मिति सारेर २९ र ३० गते पुर्याएको छ । त्यसपछि जसपा (बाबुराम पक्ष) ले पनि बैठकलाई एक दिन पछाडि सारेर २८ र २९ गते बनाएको हो ।
छलफल हुने विभिन्न एजेण्डाहरु तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई पठाइएको जसपा नेपालका नेता विश्वदीप पाण्डेले बताए ।
पार्टीको आन्तरिक अबस्था, स्थानीय निर्वाचनको समीक्षा, संगठन निर्माण, आगामी कार्ययोजना लगायतको विषयमा छलफल हुने गरि एजेण्डा तयार पारेको उनले बताए । बैठकमा समसामयिक विषयमा भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण