बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जसपा बाबुराम पक्षको बैठक असार २८ र २९ गते

आइतबार, २६ असार २०७९, १४ : ५८
आइतबार, २६ असार २०७९

समाजवादी पार्टी, नेपाल (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक असार २८ र २९ गते बैठक बस्ने तय भएको छ । यसअघि २९ र ३० गते बस्ने तय भएको बैठक एक दिन अघि नै सारिएको हो । 
 जसपा (उपेन्द्र यादव पक्ष) ले सुरुमा २७ र २८ गते केन्द्रीय समितिको बैठक वीरगञ्जमा गर्ने घोषणा गरेको थियो । त्यसपछि जसपा (बाबुराम पक्ष) ले काठमाडौँमा २९ र ३० गते केन्द्रीय समितिको विस्तारित बैठक बस्ने घोषणा गर्यो । 

त्यसपछि जसपा (उपेन्द्र यादव पक्ष) ले पनि बकर इदको कारण देखाउँदै बैठकको मिति सारेर २९ र ३० गते पुर्याएको छ । त्यसपछि जसपा (बाबुराम पक्ष) ले पनि बैठकलाई एक दिन पछाडि सारेर २८ र २९ गते बनाएको हो । 
छलफल हुने विभिन्न एजेण्डाहरु तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई पठाइएको जसपा नेपालका नेता विश्वदीप पाण्डेले बताए । 

पार्टीको आन्तरिक अबस्था, स्थानीय निर्वाचनको समीक्षा, संगठन निर्माण, आगामी कार्ययोजना लगायतको विषयमा छलफल हुने गरि एजेण्डा तयार पारेको उनले बताए । बैठकमा समसामयिक विषयमा भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप