प्रश्न उठाउनेलाई मन्त्रीले दिए टुक्काबाट जवाफ
कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम बहादुर रोकायाले आफ्नो मन्त्रालयको बजेटबाट आफू नै सन्तुष्ट नभएको बताएका छन् । आइतबार प्रदेश सभाको दशौं अधिवेशन अन्तर्गतको २१ औं बैठकमा सांसदहरुले उठाएको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले आक्रोश पोख्दै भने,‘ माननीयज्यूहरु हाम्रो मन्त्रालयको विनियोजित बजेटबारेमा तपाईंहरु सन्तुष्ट हुनुहुँदैन । वास्तवमा भन्ने हो भने मेरो मन्त्रालयको बजेटमा म पनि सन्तुष्ट छैन । किनभने बजेट घटेर आयो, दायित्व बढ्दै गयो ।’
साथै उनले आफूले आफ्नो मन्त्रालयको बजेट बाँडफाँट गर्न नपाएको गुनासो गरे । उनले भने,‘हाम्रो मन्त्रालयमा १० अर्ब ९२ करोड छ । त्यसमा मैले जम्मै ६८ करोड बाँढ्न पाएको छु । अन्य मन्त्रालयमा डेढ अर्ब भन्दा बढी बाँडफाँड गरेका छन् । हाम्रो मन्त्रालयमा नयाँ १६१ वटा योजना छन् ।’
उनले सुरुमा सरकारले अधुरा आयोजना पुरा गर्ने भनेर भनेपनि अन्तिममा नयाँ योजनाहरु बढी आएको बताए । ‘बहुवर्षीय ४१ जना छन्,’ उनले भने, ‘पहिला बजेट बढी हुन्थ्यो । क्रमागत थिएन । जनता सडक ८ करोड निर्वाचन क्षेत्र कोष ५ करोड बाँकी एक करोडका दरमा सबै माननीयले योजना पाउनुहुन्थ्यो । अनि सन्तुष्ट हुनुहुन्थ्यो । अहिले जम्मा दुई वटा योजना पाउनुभयो कसरी सन्तुष्ट हुनुहन्थ्यो ? ’
सचिवालयले योजना हालेको विषयमा उनले आफ्नो सचिवालयले एउटै योजना हाल्न नपाएको गुनासो पोखे ।
बजेट सिलिङ गर्दा मुख्यमन्त्रीको अगाडि म आफूमात्र उभिएको थिएँ,’ उनले भने,‘ जम्मा ८ अर्ब ८८ करोड बजेट बाँड्नुपर्ने जानकारी दिएँ । त्यसमा पनि बहुबर्षिय र क्रमागतमा हो । बाँढ्ने जम्मा २० करोड मात्र राखिएको थियो । मैले त्यसै गरेको हुँ । तर अहिले सांसदहरुका मन फेरिए । अनि कसरी सन्तुष्ट हुने ?’
साथै उनले कमिसनको चलखेलमा लागेको भन्ने आरोपप्रति खेद प्रकट गरे । उनले भने,‘ यहाँ कमिसनको चलखेल भएको छ भने मन्त्रालयका कर्मचारीलाई कारबाही गर्छु, मुख्यमन्त्री समक्ष म अहिले राजीनामा दिन्छु। कमिशनको चलखेल भएको प्रमाण देखाउनुहोस् ..!’
शनिबारको बैठकमा एमाले सांसद राजु नेपालीले‘नबोली, नबोली कर्णालीको विकास रातो किताब आयो, योजना मन्त्रीका स्वकीय, छोराछोरीलाई भयो’ भन्दै गीति टुक्काबाट प्रश्न गरेकी थिइन् । मन्त्री रोकायाले पनि प्रश्नको जवाफ टुक्काबाटै दिन्छु भन्दै भनेः
‘अरुलाई भन्नुभन्दा हिजोका दिन हेर
आफै मन्त्री भएका मान्छे ८९÷८० बजेट कोइ नफाल्या खेर’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या