बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

किसानलाई ३० हजार कागतीका बिरुवा वितरण

आइतबार, २६ असार २०७९, १४ : २५
आइतबार, २६ असार २०७९

बैतडीको डिलाशैनी गाउँपालिकाले किसानहरूलाई कागतीका बिरुवा वितरण गरेको छ । एक मतदाता एक बिरुवा कार्यक्रमअन्तर्गत ३० हजार कागतीका बिरुवा वितरण गरेकाे गाउँपालिकाले जनाएको छ । 

आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए । यसअघि निवेदन संकलन गरिएकोमा एक परिवारले करिब ५० बिरुवा पाएको प्रवक्ता भट्टले बताए । बिरुवा वितरण कार्यक्रमलाई आर्थिक वर्ष २०७९/०८० मा समेत जारी राख्ने उनको भनाइ छ ।

कृषि पेशामा लागेका किसानलाई व्यवसायिक कृषिमा आवद्ध गराई आत्मनिर्भर बनाउने लक्ष्यसहित बिरुवा वितरण गरेकाे गाउँपालिका अध्यक्ष सन्तोषप्रकास जोशीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप