साहित्य र संगीतको विशिष्ट पहिचान छ : प्रधानमन्त्री देउवा
आइतबार, २६ असार २०७९, ११ : ४०
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भाषा, कला, साहित्य र संगीतको रचनात्मक र सृजनात्मक कार्यमा सरकार सदैव सहयोगी र साथमा रहने बताएका छन् । आइतबार सरकारले आयोजना गरेको राष्ट्रिय पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
त्यसक्रममा उनले नेपाली भाषा, कला, साहित्य र संगीत मुलुकका गहना, धरोहर र राष्ट्रिय गौरवका विषय भएको भन्दै जसका माध्यमबाट स्वदेश तथा विदेशमा विशिष्ट पहिचान बनेको बताए । कार्यक्रममा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय प्रतिभा पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोर्ड अध्यक्षको पहिलो निर्णय : एभरेस्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति
-
विदेशी विश्वविद्यालयबाट सम्बन्धनबारे शिक्षा मन्त्रालयको दोधारे नीति
-
बढ्दो चिसो : कस्तो अवस्थामा अस्पताल जाने ?
-
कति प्रभावकारी होला इजरायल र हिजबुल्लाहबिचको युद्धविराम ?
-
युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री सर्गेइ
-
एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान