बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

हेटौँडामा यसरी बनाइँदैछ बकर इद (तस्बिरहरु)

आइतबार, २६ असार २०७९, ११ : ३९
आइतबार, २६ असार २०७९

आइतबार मुस्लिम समुदायहरूको बकर इद बागमती प्रदेशको राजधानी हेटौंडामा पनि धुमधामका साथ मनाइँदै छ । बकर इदको दिन हेटौंडा–४ स्थित भैरवरोडमा अवस्थित नेपाली जामे मस्जिद सहितका मस्जिदहरूमा इस्लाम धर्मावलम्बीको निकै नै चहलपहल देखिन्छ ।

रमजान पर्वको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ सामूहिक नमाज पढ्ने गरिन्छ  । नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्ने संस्कार रहेको छ । 

बकर इद पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप