मतगणना नसकिँदै बाजुराको बुढीगंगामा एमालेको विजय सुनिश्चित
आइतबार, २६ असार २०७९, ०७ : ००
बाजुराको बुढीगंगा नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार विजयी हुन सुनिश्चित भएको छ । आइतबार प्राप्त पछिल्लो मत परिणामअनुसार करिब ५०० मत गन्न बाँकी हुँदा मेयर र उपमेयरका उम्मेदवारले सो भन्दा बढीको अग्रता बनाइसकेका छन् ।
खसेको मध्ये ८ हजार ६१७ गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर खातीले ४ हजार ५५५ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार रंगबहादुर खातीले ३५९७ मत पाएका छन् ।
उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४ हजार ४८० मत पाउँदा काँग्रेस उम्मेदवार रिता शाही मात्र ३ हजार ६०० मत पाएकी छन् । बुढीगंगामा कुल ९ हजार ११७ मत खसेको थियो । बुढीगंगाको अन्तिम नतिजा आएसँगै वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन औपचारिक मैझारो हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण