सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

बालुवाटारमा शेखर समूहकाे बैठक बस्दै

आइतबार, २६ असार २०७९, ११ : १२
आइतबार, २६ असार २०७९

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरुलाई छलफलका लागि बोलाएका छन् । आइतबार दिउँसो १ बजे बालुवाटारस्थित आफ्नो निजी सचिवालयमा कोइरालाले बैठक बोलाएका हुन् । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउन छलफल बोलाइएको एक नेताले बताए । 

काँग्रेसले स्थानीय तह निर्वाचन समीक्षा र विविध विषयमाथि छलफल गर्न भोलि दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्दैछ । यता उक्त बैठकमा एजेण्डा र भ्रातृ संस्थाका विषयमा छलफल गर्न काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

पार्टीको पदाधिकारी बैठक र कोइराला समूहको छलफलको समय जुधेको छ । महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे बालुवाटार समूहको बैठकपछि मात्र सानेपा जाने तयारीमा छन् । 

यसअघि पनि कोइराला समूहले दुई दिन आन्तरिक छलफल गरेको गरेको थियो । उक्त छलफलले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि पाँच बुँदे निष्कर्ष निकालेको थियो ।  बैठकले सरकार र पार्टी सञ्चालनमा देउवा असफल भएको कोइराला समूहको निष्कर्ष थियो । सोही निष्कर्षका साथ बैठकमा प्रस्तुत हुने कोइराला पक्षको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप