आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

वडा सदस्यमाथि घरेलु हिंसाको आरोप

आइतबार, २६ असार २०७९, १० : ५५
आइतबार, २६ असार २०७९

रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष मिलन केसी ‘शिवराम’माथी घरेलु हिंसा गरेको आरोप लागेको छ । गएराति उनले पत्नी मेनुका केसी धिमाललाई मरणासन्न हुनेगरी कुटेका हुन् । 

नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित शिवरामले यसअघि पनि पत्नीमाथि हिंसा गर्ने गरेको आरोप छ । यसअघि प्रहरी कार्यालयमा छलफल गरेर मिलापत्र हुँदै आएको थियो । शिवरामको कुटाइबाट पत्नी मेनुका घाइते भएकी छिन् । मेनुकालाई एम्बुलेन्सबाट काठमाडौं ल्याइएको उनकी नातेदार पार्वती खड्काले रातोपाटीलाई बताइन् ।

पीडितका आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरेका छन् । कुटपिटपछि पत्नी तर्फका आफन्तलाई फोन गरेर शिवरामले ‘म कहाँ आउँ ?’ भनेर उल्टै धम्की दिएको नातेदार खड्काले बताइन् ।

खाँडादेवी–६ माकादुममा भएको सो घटनाबारे जानकारी आएको भन्दै ईलाका प्रहरी कार्यालयका असई उज्जवल अधिकारीले बुझ्ने काम भइरहेको रातोपाटीलाई बताए । असई अधिकारीले भने–‘खबर आएको छ, हामी बुझ्न जाँदै छौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप