बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा सौर्य ऊर्जा उत्पादन सुरु

आइतबार, २६ असार २०७९, १० : २०
आइतबार, २६ असार २०७९

अपि पावर कम्पनी लिमिटेडले बाराको डुमरवानामा एक मेगावाट सौर्य ऊर्जा उत्पादन सुरु गरेको छ । नेपाल राष्ट्रिय माविको करिब ६ बिगाहा जग्गा भाडामा लिएर कम्पनीले ८ करोड लगानीमा सौर्य ऊर्जा उत्पादन थालेको हो । 

नेपालको पहाडी जिल्लाहरुमा जलविद्युत् आयोजनाहरुमा लगानी गरेको अपि पावरले मधेस प्रदेशको चन्द्रनिगहापुरमा ४ मेगावाट, ढल्केबर र बाराको डुमरवानामा १/१ मेगाको विद्युत् उत्पादन गरिरहेको छ भने बाराको परवानीपुरमा थप ८ मेगावाट क्षमताको सौर्य विद्युत् उत्पादनको काम भइरहेको कम्पनीले जनाएको छ  । 

कम्पनीले शुक्रवार ‘सिमरा सौर्य आयोजनाको’ उद्घाटन गर्दै १ मेगावाट विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडेर प्रतियुनिट ७ रुपैयाँ ३० पैसाको दरले प्राधिकरणलाई बिक्री गरेको छ । अपि पावर कम्पनीका अध्यक्ष शतीस न्यौपानेले बारा–पर्सा औद्योगिक करिडोरमा आफूहरूले उत्पादन गरेको सौर्य यस क्षेत्रको लागि ऊर्जा कोशेढुंगा साबित हुने बताएका छन् । 

कम्पनीले बाराको डुमरवानामा सौर्य ऊर्जा उत्पादन सँगै व्यावसायिक रूपमा बाख्रापालन र धान, मकै, पशुका लागि घाँसमा समेत लगानी गरेको छ । अपि पावर कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपाने अब वायु र हाइड्रोजनबाट पनि ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने सोचका साथ काम गरिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप