आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस पदाधिकारी बैठक बस्दै

आइतबार, २६ असार २०७९, ०८ : १९
आइतबार, २६ असार २०७९

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । सोमबार बस्ने केन्द्रीय कार्यसमितिका एजेण्डा तय गर्न पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे पदाधिकारी बैठक बस्न लागेको हो ।

केन्द्रीय समिति बैठकका एजेण्डामा सहमति जुटाउन पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना'ले रातोपाटीलाई जानकारी दिइन् ।

काँग्रेसले केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा र विविध एजेन्डामाथि छलफल हुने जनाइएको छ । स्थानीय निर्वाचनपछि पहिलो पटक काँग्रेस केन्द्रीय समिति बैठक भोलि बस्दै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप