दुर्घटनाको जोखिम बढेपछि नागरिक आफै चौपाया व्यवस्थापनमा जुटे

कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा नगरपालिकाले नै व्यवस्थापन गर्न नसकेको छाडा पशु चौपाया व्यवस्थापनको काममा एउटा टोलका नागरिकको सक्रियतामा सुरु भएको छ । बाणगङ्गा नगरपालिकाले अघिल्ला आर्थिक वर्षमा छाडा चौपाया व्यवस्थापनका लागि भन्दै वडा नम्बर ८ को मधुवन धाममा गौशाला निर्माणको काम सुरु गरेको भए पनि सडकमा छाडा चौपाया व्यवस्थापन हुन भने सकेको छैन । अहिले पनि नगरपालिकाले ५५ लाख बजेट छुट्टाएको छ ।
अहिले कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ स्थित चप्पर गाउँका क्रियाशिल नागरिकहरुले छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन समिति नै गठन गरी चौपायाको व्यवस्थापनमा जुटेका हुन । उनीहरुले शनिबार बिहानै बाणगङ्गाको चप्परगाउँबाट करिब ३० देखि ४० वटा छाडा पशुलाई नियन्त्रणमा लिएर नगरपालिकाले मधुवनमा बनाएको गौशालासम्म पुर्याएका छन् ।
स्थानीय छविलाल पन्थ अध्यक्ष रहेको सो समितिले वडा नम्बर ८ क्षेत्रमा दिनहुँ किसानले लगाएका बालीनाली खाने र सडक दुर्घटनाको जोखिम पनि निम्ताएका त्यस्ता चौपायाको उचित व्यवस्थापन गर्ने उद्देश्यका साथ चौपाया नियन्त्रणमा लिएर गौशाला सम्म आफ्नै लागतमा पुर्याएका हुन । वडा सदस्य शैलेन्द्र बेल्वासेका अनुसार राजमार्गमा दिनहुँ जसो छाडा देखिने चौपायाको व्यवस्थापनमा वडा कार्यालयले समेत योजना बनाइरहेका बेला स्थानीय नागरिकहरुको सक्रियतामा समिति नै बनाएर छाडा चौपायाको व्यवस्थापनमा लागेको बताए ।
यस्तै छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष छविलाल पन्थले किसानहरू दिनहुँ छाडा छोडिएका गाई गोरुको आतंकले हैरान भएको र सडकमा समेत पशुको संख्या धेरै हुँदा दुर्घटनाको जोखिम पनि बढी हुने देखिएपछि चौपाया व्यवस्थापनमा जुटेको बताएका छन् । हाल मधुवन धाममा निर्माण गरिएको गौशालामा चौपाया लगिएको र आवश्यक घाँसको प्रबन्ध पनि समितिले मिलाउने उनले जानकारी दिएका छन् ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड मोतिपुरका अध्यक्ष भीमप्रसाद सापकोटा सहित स्थानीय नागरिकहरुले बिहानै छाडा चौपायालाई नियन्त्रणमा लिएर गौशालाका अध्यक्ष कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गरेका हुन ।
अहिले बाणगङ्गाको कोइली बनगाई देखि पूर्वको कोठी खोला सम्मको क्षेत्रमा करिब एक सय बढी छाडा चौपाया दैनिक भेटिन्छन् । छाडा चौपायाको उचित व्यवस्थापन र नियन्त्रणका लागि बाणगङ्गा नगरपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको भए पनि ठोस पहल हुन नसक्दा चौपायाको व्यवस्थापनमा नगरपालिका कमजोर बनेको छ भने जोखिम उत्तिकै बढ्दै गएको छ । हाल बाणगङ्गाको मधुवन धाममा गौशाला निर्माण गरिएको छ भने राम दुतिवन धाममा पनि छाडा चौपायाको आंशिक व्यवस्थापनको काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म