सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

वर्षाले डोटीका सडक अवरुद्ध

आइतबार, २६ असार २०७९, ०७ : ०५
आइतबार, २६ असार २०७९

केही दिनयतादेखि भइरहेको लगातारको वर्षाले यहाँका ग्रामीण क्षेत्रका  सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका छन् ।   वर्षाले यहाँका ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले जानकारी दिए ।

सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका कारण यहाँका जोरायल, गड्सेरा, दिपायल नापानी, बोगटान, धुर्कोट, मुडभारा, नारीदाङ, गैराधुर्कोट सडकमा यातायात अवरुद्ध छन् ।

बिग्रिएका सडकमा स्काभेटर लगाएर सञ्चालन गर्न खोजिए पनि वर्षा नरोकिएका कारण अहिलेसम्म यहाँका ग्रामीण सडक सञ्चालनमा ल्याउन नसकिएको बताइएको छ । गाउँका सडकमा यातायातका साधन सञ्चालन हुन बन्द भएपछि अहिले यहाँका किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको जोरायल –५ का किसान लीलाधर विष्टले बताए ।

यसैगरी वर्षात्ले गाउँका सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा किसानलाई निकै सास्ती भएको छ । यहाँका गाउँघरमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भएको निरौलीका स्थानीयवासी सुरेन्द्रबहादुर बोहराले जानकारी दिए । यहाँका नदी तथा खोलामा बाढी आएका कारण जोखिम निम्तिन सक्ने भन्दै स्थानीयवासीमा त्रास उत्पन्न भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप