असारे भाकाको संरक्षणमा जोड
पछिल्लो पुस्तामाझ संरक्षणको अभावमा असारे भाका हराउने चासो र चिन्ता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा आयोजित एक कार्यक्रममा यसको संरक्षणमा वक्ताहरूले जोड दिएका छन् । सिर्जना र असार समूह साहित्य श्रृंखला अन्तर्गत आयोजित कार्यक्रममा वक्ताले नेपाली मौलिकताले युक्त असारे भाकालाई नयाँ पुस्तामाझ पु¥याउनुपर्नेमा जोड दिइयो ।
पोखरा साहित्य प्रतिष्ठानका कुलपति पदमराज ढकालले असारे भाकालाई जीवन्त राख्नका लागि संरक्षण हुनुपर्ने बताए । उक्त अवसरमा उनले असारे भाकाका गीत प्रस्तुत गरेका थिए ।
सिर्जना र असार समूह साहित्य श्रंखला पोखराका संयोजक स्ट्रगल रानाले असारे भाकाको संरक्षणका लागि प्रयास गरिएको बताउनुभयो । कार्यक्रममा माधव खतिवडा, विष्णुहरि पौडेल, बसन्धरी भुवाईको समूह, संगम सास्कृतिक समूह, शिब अधिकारी, ज्ञानु आचार्य, भीमराज आश्रम, भीम रानाभाट लगायतका स्रष्टाले रचना वाचन गर्दै आआफ्ना प्रस्तुति राखे ।
सरस्वती टीका माध्यमिक विद्यालयका अध्यक्ष ऋषिराज आचार्य, काजी गाउले, संस्थाका परिकल्पनाकार धनबहादुर तामाङ्ग, स्थानीय धनबहादुर भुजेल, हेमबहादुर थापा किरण लगायतले असारे भाकाको मौलिकता जोगाउनुपर्ने आवश्यकता औंल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री आरजुको भारत भ्रमण अनिश्चित
-
अनेरास्ववियुको सम्मेलन चैत मसान्तमा
-
रोजगारी सिर्जनामा संस्थागत विद्यालयहरूको भूमिका महत्त्वपूर्ण : मेयर कोइराला
-
विदेशमा श्रम गर्दा ज्यान गुमाएका नेपालीको सम्झनामा काठमाडौँमा दीप प्रज्वलन, तस्बिरहरू
-
कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह
-
संविधान पालना गर्नु सबैको दायित्व हो : प्रदेश प्रमुख देवकोटा