शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

सात लाख करदाता थपिए

आइतबार, २६ असार २०७९, ०६ : १०
आइतबार, २६ असार २०७९

एक वर्षको अवधिमा करिब सात लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७८ वैशाखदेखि  २०७९  वैशाखसम्मको  अवधिमा  छ लाख ९२ हजार ७१८ करदाता औपचारिक रूपमा दर्ता भएका हुन् ।

मन्त्रालयको  तथ्याङ्कअनुसार  यो  एक  वर्षको अवधिमा एक लाख ९३ हजार ६३९ नयाँ करदाताले  व्यावसायिक  स्थायी  लेखा  नम्बर  लिएका छन् । यससँगै  हालसम्म  व्यावसायिक  स्थायी  लेखा नम्बर लिएका करदाताको सङ्ख्या १७ लाख ७४ हजार पुगेको छ । यो  अवधिमा  चार  लाख  ९३  हजार  व्यक्तिगत  करदाता  थपिएका  छन्  ।  यो  सङ्ख्यासहित हालसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या २९ लाख ६८ हजार पुगेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप