लमजुङमा एक वर्षमा ६० जना फरार अभियुक्त पक्राउ
आइतबार, २६ असार २०७९, ०६ : ०९

लमजुङ प्रहरीले चालु आर्थिक वर्षमा मात्रै ६० जना फरार अभियुक्त पक्राउ गरेको छ । लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीका अनुसार ४५ जना पुरुष र १५ जना महिलालाई पक्राउ गरेका छन् । उनीहरू ३९ वर्ष ३ महिना ९ दिन कैद र १ करोड ३६ लाख १८ हजार ९ सय ९६ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने अभियुक्त हुन् ।
गत आव ०७७/७८ मा ४२ पुरुष र ११ महिला गरी ५३ जना पक्राउ गरिएकोमा उनीहरूको असुल कैद १६ वर्ष ६ महिना ३ दिन र ३ लाख ५३ हजार ३ सय ५० रुपैयाँ जरिवाना रकम थियो । अघिल्लो आव ०७६/७७ मा ९ पुरुष फरार अभियुक्त पक्राउ गरिएकोमा असुल कैद २० वर्ष २ महिना १ दिन र असुल जरिवाना ९७ हजार ७ सय ८२ रुपैयाँ थियो ।
डीएसपी कार्कीका अनुसार प्रहरीले फरार अभियुक्तको सूची तयार पारेर खोजी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न
-
जम्मू–कश्मीरमा फेरि गोलाबारी, मुख्यमन्त्रीले गरे यस्तो अपिल
-
जम्मू–कश्मीरमा फेरि गोलाबारी, मुख्यमन्त्रीले गरे यस्तो अपिल