शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चुरे संरक्षणका लागि आन्दोलनको घोषणा

शनिबार, २५ असार २०७९, २३ : ००
शनिबार, २५ असार २०७९

चुरे तथा वन जंगल संरक्षण अभियानले चुरे संरक्षण सहितका माग राख्दै आन्दोलनको घोषणा गरेको छ । शनिवार एक पत्रकार सम्मेलन आयोजना गरी चुरे अभियन्ताहरुले आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले मधेश प्रदेश सरकारले चुरे तथा वनजंगल संरक्षण अभियानसँग गरेको सम्झौता अविलम्ब कार्यान्वयन गर्नुपर्ने, तराई मधेशका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई भूमि अधिकार दिनुपर्ने र नक्कली भूमिहीन दलित सुकुम्बासीहरू, आयोग तथा स्थानीय तहद्वारा भइरहेको चुरे वनजंगल मास्ने कार्य तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् ।

आन्दोलनका कार्यक्रममा पहिलो दिन २७ गते विभिन्न निकायमा ध्यानाकर्षण गराउने, २८ गते दिउँसै मसाल जुलुस प्रदर्शन गर्ने, २९ गते भूमिहीन तथा सुकुम्बासी महिलाहरुले झाडु जुलुस प्रदर्शन गर्ने र चौथो दिन ३० गते मधेश प्रदेशका राजधानी जनकपुरधाम एक दिन बन्द गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवले आफूले गरेको तीन बुँदे माग पुरा नभए आन्दोलन गर्ने बाध्य हुने चेतावनी दिए । उनले भने, ‘माग पुरा गराउन सरकारलाई दवाबमुलक आन्दोलनको कार्यक्रम स्वरुप असार २७ गतेदेखि ४ दिने आन्दोलन गर्नेछौँ ।’  यादवले प्रदेश सरकारले अभियन्ताहरुसँग २०७८ भदौ ४ गते गरेको ७ बुँदे सम्झौता कार्यान्वयनमा जोड दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप