उच्च अदालत बारको मतदान : आजै नतिजा सार्वजनिक गर्ने
उच्च अदालत बार एशोसिएशन पाटनको २० औँ नयाँ कार्यसमितिका लागि आज भएको मतदान सम्पन्न भएको छ । आजै मतगणना सुरु गरेर सक्ने तयारी रहेको छ । उक्त निर्वाचन समितिका प्रमुख अधिकृत केदार अधिकारीका अनुसार निर्वाचन शान्ति पूर्णरूपमा सम्पन्न भएको छ । मतगणना प्रारम्भ गर्ने विषयमा सर्वदलीय बैठकसमेत सम्पन्न भएर केहीबेरमा मतगणना प्रारम्भ गर्ने र आजै नजिता सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।
नेपालको ९० वटा बार एकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या दुई हजार ८२८ मतदान रहेको उक्त बारमा दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसमध्ये प्रजातान्त्रिक समूहको रामकृष्ण शर्माले गर्नुभएको छ भने प्रगतिशील समूह शान्तिराम खतिवडाले गर्नुभएको छ । प्रगतिशील समूहमा नेकपा (एमाले) र एकीकृत समाजवादी निकट कानुन व्यवसायी रहेका छन् भने बाँकी सबै प्रजातान्त्रिक समूहमा रहेका छन् ।
नयाँ कार्यसमितिमा पाँच पदाधिकारी र १४ सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । त्यसका लागि पदाधिकारी १० र सदस्यका लागि १८ जना चुनावी मैदानमा छन् । आज बिहान ९ बजेदेखि मतदान प्रारम्भ भएको थियो भने बेलुका ५ः १५ सम्पन्न भएको छ । दुई वर्षका लागि नयाँ कार्यसमिति चयन हुने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिथुआनिया पठाइदिने भन्दै ११ लाख ठग्ने गौतम पक्राउ
-
जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : तीन वर्षदेखि विरामी सचिनलाई राज्यले गरेन सहयोगदेखि रविको ‘थाहा छैन’ थेगो संगठित अपराधको ‘कोड भाषा’!
-
बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
एमालेले भीम रावललाई निष्कासन गरेको विषयमा माओवादीले भन्यो– तानाशाही हर्कत !