शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेकपा एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा सोमप्रसाद पाण्डे

शनिबार, २५ असार २०७९, २० : ३९
शनिबार, २५ असार २०७९

नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन् । आज बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो  । उनी पाल्पा जिल्लाबाट संघीय सांसद निर्वाचित हुन् ।

यसअघि प्रदेश अध्यक्षमा रहेका मेटमणि चौधरी सहरी विकास मन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको प्रदेश सचिव राजु गुरुङले जानकारी दिए । यस्तै समाजवादी रुपन्देही अध्यक्षमा अविराम विक चयन भएका छन्।

प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु गुरुङले  जिल्ला अध्यक्षको जिम्मेवारी छाडेका पछि विकलाई चयन गरिएको हो । गुरुङले जिल्ला छोडेर प्रदेश मात्रै जिम्मेवारीमा रहने छन् । रुपन्देही अध्यक्ष  विक यसअघि सचिवका रूपमा थिए । यसै गरी उपाध्यक्ष रहेका सिद्धिचरण भट्टराई लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएपछि उनले पनि जिम्मेवारी छोडेका छन् ।

उपाध्यक्षमा श्रीराम यादव र चिनबहादुर गुरुङ, सचिवमा सरिता श्रीस, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मिरा श्रेष्ठ  चयन गर्ने जिल्लाको सिफारिस प्रदेश कमिटी बैठकले अनुमोदन गरेको सचिव गुरुङले बताए ।  बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ वटै जिल्लामा निर्वाचन अभियान थाल्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप