शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

श्रीलङ्का संकटः प्रधानमन्त्री रनिल विक्रमासिंघेद्वारा सर्वदलीय सरकारका लागि बाटो खुलाउन राजीनामा

शनिबार, २५ असार २०७९, २० : ०८
शनिबार, २५ असार २०७९

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शनिबार उनको पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले सर्वदलीय सरकारको लागि मार्ग प्रशस्त गर्नको लागि राजीनामा दिएको बताएका छन् ।

‘सबै नागरिकको सुरक्षा सहितको सरकारको निरन्तरता सुनिश्चित गर्न म आज आयोजित सर्वदलीय बैठकमा दिइएको उत्तम सिफारिसलाई स्वीकार गर्दछु । यसका लागि म प्रधानमन्त्री पदबाट राजीनामा दिनेछु,’ विक्रमासिङ्घेले ट्वीटरमा लेखेका छन् ।

आजै दिउसो श्रीलङ्काको व्यापारिक राजधानी कोलम्बोमा हजारौँ प्रदर्शनकारीहरूले पुलिस ब्यारिकेड तोडेर राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी आवासमा प्रवेश गरेका थिए । आज आह्वान गरिएको प्रदर्शन श्रीलङ्कामा सङ्कट सुरु भएयता सरकारविरुद्ध भएको सबैभन्दा ठुलोमध्ये एक भएको रोयर्टसले लेखेको छ । 

राष्ट्रपति उनको सरकारी आवासबाट भागेको खबर आएपछि प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाएका थिए । प्रदर्शनकारीहरू श्रीलङ्काको झण्डा राष्ट्रपति निवास प्रवेश गरेको स्थानीय टिभी समाचार न्यूजफर्स्ट  च्यानलले प्रत्यक्ष देखाएको थियो । ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप