शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट निर्माणमा मेरो कुनै पनि प्रत्यक्ष भूमिका र संलग्नता छैन : श्रेष्ठ

शनिबार, २५ असार २०७९, १९ : २४
शनिबार, २५ असार २०७९

राज्यमन्त्री उमेश श्रेष्ठले  आगामी आर्थिक वर्षको बजेट निर्माणमा मेरो कुनै पनि प्रत्यक्ष भूमिका र संलग्नता स्पष्टीकरण दिएका छन् । पछिल्लो केही दिनयता आफ्नो नाम जोडेर चरित्रहत्या गर्ने नियतले विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको बताउँदै श्रेष्ठले कुनै आधार र प्रमाणविनाका एकै ब्यहोराका कपोलकल्पित, मनगढन्ते, तथ्यहीन र भ्रामक समाचाररूपी अफवाह नियोजित ढंगले निरन्तर प्रकाशन एवं प्रसारण हुनु खेदजनक रहेको बताएका हुन् ।

उनले भनेका छन्, 'आगामी आर्थिक वर्षको बजेट निर्माणमा मेरो कुनै पनि प्रत्यक्ष भूमिका र संलग्नता छैन । म आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्ने क्रममा पूर्ण जवाफदेही रहँदै आएको छु । मैले आफ्नो पदको दुरुपयोग गरेको छैन र सार्वजनिक निगरानीमा सधैं खडा रहेको छ ।'

श्रेष्ठले 'बजेट निर्माणमा स्वार्थ समूहलाई प्रवेश गराएको', ...घरमा पार्टी गरेको' भन्नेजस्ता तथ्यहीन र भ्रामक लाञ्छनाको एकोहोरो आक्रमणले आफूलाई दुःखित तुल्याएको पनि बताएका छन् । 'हुँदै नभएका काल्पनिक कथा बुनेर समाजलाई दिग्भ्रमित तुल्याउने यस्ता कार्यप्रति म खेद व्यक्त गर्दछु र ती काल्पनिक कथालाई प्रमाणित गर्नुहुन आग्रह पनि गर्दछु । साथै, मैले आफ्नो पदको दुरुपयोग गर्दै गलत काम गरेको प्रमाणित भए राजनीतिक यात्रामा पूर्णविराम लगाउने प्रण समेत गर्दछु,' उनले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप