बुढीगंगा मतगणना अपडेट : थप दुई वडाको अन्तिम मत परिणाम सार्वजनिक
शनिबार, २५ असार २०७९, १८ : ५४

बाजुराको बुढीगंगामा थप दुई वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर ३ मा एमाले र ८ मा काँग्रेस उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ८ मा कांँग्रेस उम्मेदवार खडकबहादुर अधिकारी ८५ मतले विजयी भएका छन् ।
अधिकारीले ३५९ मत पाएर विजयी हुँदा एमाले अध्यक्षका उम्मेदवार जमिन रावलले ३०१ मत मात्रै पाएका छन् । वडा नम्बर ८ मार्फत यहाँ काँग्रेसले खाता खोलेको छ । त्यस्तै वडा नम्बर ३ मा एमालेका विराज रावल विजयी भएका छन् । रावलले ५२८ मत पाउँदा काँग्रेस उम्मेदवार रमेश बहादुर रावलले २१८ मत पाएका छन् । यहाँ एमाले उम्मेदवार ३१० मतान्तर सहित विजयी भएका छन् । बुढीगंगामा योसहित एमालेले पाँच र काँग्रेसले एक वडा जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना