सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

प्रतिपक्षी दलद्वारा मधेश प्रदेशसभा बैठक बहिष्कार

शनिबार, २५ असार २०७९, १८ : ४१
शनिबार, २५ असार २०७९

मधेस प्रदेशका प्रतिपक्षी दल लोसपा नेपाल र नेकपा एमालेले आजको प्रदेशसभा बैठक बहिष्कार गरेका छन् । जापानका पूर्व प्रधानमन्त्रीको हत्या भएपछि उनको शोकमा नेपाल सरकारले शोक मनाउने निर्णय गरेको तर मधेस प्रदेशले त्यसको बेवास्ता गरेको भन्दै लोसपा र एमालेले बैठक बहिष्कार गरेका हुन् । ती दलले संघीय सरकारले गरेको निर्णय मधेश प्रदेश सरकारले पनि मान्नुपर्नेमा जोड दिएका छन् ।

‘मधेश प्रदेश सरकार नेपाल सरकारकै अंग रहेकाले संघीय सरकारको निर्णय र परिपत्र विरुद्ध मधेश सरकार र प्रदेशसभा चल्न नहुने ती दलको भनाई छ । शोकको समयमा बैठकमा बस्न नसकिने भन्दै बहिष्कार गरिएको प्रदेश सांसद उपेन्द्र महतोले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप