नेपालकै पहिलो चिकित्सा सङ्ग्रहालय स्थापना हुने
वाग्मती प्रदेश सरकारको सहयोगमा राजधानीमा नेपालकै पहिलो चिकित्सा सङ्ग्रहालय स्थापना हुने भएको छ । सङ्ग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ ।
नेपाल चिकित्सक सङ्घसँगको सहकार्यमा सङ्ग्रहालय स्थापना गर्न लागिएको हो । सङ्घको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा सङ्ग्रहालय स्थापना गर्ने निर्णय भएको वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
सङ्ग्रहालयमा नेपालको चिकित्सा इतिहास झल्कने सामग्रीको सङ्ग्रह गरिने छ । सङ्ग्रहालयमा पुराना औजार, चिकित्सा उपकरणलगायत सामग्री राख्ने तयारी छ । नेपालमा प्रयोग भएको पहिलो अल्ट्रासाउन्ड, इसिजी, माइक्रोस्कोपलगायत सामग्री सङ्ग्रहालयमा राखिने सङ्घका अध्यक्ष डा लोचन कार्कीले बताए । स्वास्थ्यसम्बन्धी यस्ता ऐतिहासिक सामग्रीको खोजी भइरहेको छ । केही सामग्री पाइएको छ भने केही सामग्रीको खोजी अहिले पनि जारी रहेको सङ्घले जनाएको छ ।
नेपालमा पहिले लेखिएका प्रेस्क्रिप्शन, तस्बिर, सङ्घका निर्णय पनि सङ्ग्रहालयमा राखिने जनाइएको छ । सङ्ग्रहालयले स्वास्थ्य पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने आशा गरिएको छ । प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले खेलकुद, स्वास्थ्यलगायत पर्यटन प्रवद्र्धनका काम गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी खान नपाएपछि गोरखाका उपभोक्ता रित्तो गाग्री लिएर सीडीओ कार्यालयमा
-
यस्तो छ ‘फर्की फर्की’को नयाँ गीत ‘अन्तिम माया’
-
हुम्ला जोड्ने सडक : बजेट ६५ करोडको, १० महिनामा काम भयो ८ करोडको
-
मटिहानीका अग्नि पीडितलाई विशेष राहत प्रदान गर्न कांग्रेस र तमलोपाको माग
-
‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो
-
एमाले पर्साको निर्वाचनमा कुटाकुट