शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना निरन्तर उकालो : १०२ जनामा सङ्क्रमण पुष्टि

शनिबार, २५ असार २०७९, २० : ००
शनिबार, २५ असार २०७९

देशभर थप १०२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६१५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७२ तथा एन्टिजेन विधिबाट ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ६५६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६०५ पुगेको छ । यस्तै, थप ४३ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप