आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

बेलायतले १० हजार युक्रेनी स्वयंसेवीलाई आफ्नो देश लगेर युद्ध तालिम दिने

शनिबार, २५ असार २०७९, १५ : ५९
शनिबार, २५ असार २०७९

युक्रेनी सेनामा सेवा गर्न चाहने सैन्य अनुभव नभएका झण्डै दस हजार स्वयमसेवीलाई आगामी महिनादेखि तालिम दिने बेलायतको रक्षा मन्त्रालयले बताएको छ । 

केही हप्ता लामो यो तालिम बेलायतमै हुनेछ । ब्रिटिश नेतृत्वको यस नयाँ कार्यक्रममा १०५० बेलायत सैनिकले युक्रेनी स्वयंसेवकलाई तालिम दिनेछन् । तालिममा सहभागी युक्रेनीहरुमा या त न्युन सैन्य अनुभव छ या छँदै छैन । 

तालिम ब्रिटेनको आधारभूत सैन्य तालिममा आधारित हुनेछ । यस अन्तर्गत हतियार कसरी चलाउने, युद्ध मैदानमा चोट लागे कसरी प्राथमिक उपचार गर्ने, अनुगमन रणनीतिलाई अगाडि बढाउने र युद्ध क्षेत्रमा लागू हुने नियम आदिमा केन्द्रीत हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप