जब रोजगार सेन्टरबाहिर ‘बोरिस जोनसन’ देखिए !
एजेन्सी । बेलायतको सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन एक रोजगार केन्द्र बाहिर देखिए । धेरैले उनलाई जब सेन्टर बाहिर देखिएपछि झुक्किए पनि । कतै उनी प्रधानमन्त्री पद गुमाएपछि बेरोजगार हुने डरले काम खोज्न पो पुगेका त थिएनन् ?
तर लण्डनको एक रोजगार केन्द्रबाहिर देखिएका जोनसन नभएर उनीजस्तै देखिने मैनको मूर्ति भएको खुल्यो । जब सेन्टर बाहिर उभिएकोजस्तो देखिने जोनसनको मूर्ति ब्रिटिस सामाजिक सञ्जाल प्रयोगकर्तामाझ अहिले निकै भाइरल भइरहेको छ । कतिपय मानिसहरू मूर्तिसँग सेल्फी खिचेर पोस्ट गरिरहेका छन् ।
एक जनाले मूर्तिसँगको फोटो पोस्ट गर्दै ‘राजीनामापछि आज बोरिस जोनसन रोजगार केन्द्र बाहिर देखा परे’ लेखेका छन् । यो मूर्ति म्याडम तुसाद संग्राहालयबाट हटाई रोजगार केन्द्र बाहिर राखिएको थियो । म्याडम तुसाद संग्राहलयको मैनको मूर्तिहरू झण्डै असली व्यक्तिजस्तै देखिने भनेर चर्चित छ । रोजगार केन्द्रबाहिर राखिएको जोनसनको प्रतिमामा उनी कम्मरमा हात राखेर आरामसँग उभिएका देखिन्छन् ।
एक रिपोर्टका अनुसार यस मूर्तिलाई २० मूर्तिकारले ८ महिना लगाएर बनाएका थिए । जोनसनको मूर्तिको सक्कली प्रतिमा भने लन्डनस्थित म्याडम तुसाद सङ्ग्रहालयमा नै रहेको छ । संग्राहलयमा रहेको जोनसनको मूर्तिको ठिक पछाडि ब्रिटिस प्रधानमन्त्री निवास १० डाउनिङ स्ट्रिटको झाँकी पनि बनाइएको छ ।
अहिले बोरिसले राजीनामा दिएपछि मूर्तिपछाडिको प्रधानमन्त्री कार्यालयको नकलको ढोकामा ‘भ्याकेन्सी’ बोर्ड पनि राखिएको थियो । अधिकारीहरूका अनुसार बोरिस बेलायतको प्रधानमन्त्रीबाट बाहिरिएसँगै सङ्ग्रहालयमा राखिएको उनको शालिक पनि हटाइनेछ ।
बोरिस जोनसनले यही ७ जुलाईमा संसद्मा कन्जरभेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएका थिए । तर, उनले अक्टोबरमा नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्रीको रूपमा काम गरिरहनेछन् । राजीनामाको मुख्य कारण ३० जुनमा क्रिस पिन्चरलाई उपसचेतक पदमा नियुक्त गर्नु थियो ।
पिन्चर विभिन्न विवादित घटनामा संलग्न रहेको थाहा पाएर पनि बोरिसले उनलाई उपप्रमुख सचेतक बनाएको भन्ने खुलेपछि उनीमाथि राजीनामा गर्ने दबाब सिर्जना भएको थियो ।
दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल