शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चौतर्फी आलोचनापछि बालेनले भने-‘यमबुद्धको सालिक मेरो तलबबाट बनाउँछु’

शनिबार, २५ असार २०७९, १४ : ५६
शनिबार, २५ असार २०७९

काठमाडौँ महानगरपालिकाले र्‍यापर यमबुद्धको सालिक बनाउन बजेट छुट्टाएकोमा चौतर्फी विरोध भइरहेको छ । विरोधका स्वरहरु बढ्न थालेपछि मेयर बालेन शाहले यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका छन् ।

शाहको प्रस्तावमा आगामी आर्थिक वर्षको बजेटमा यमबुद्धको सालिक निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर सरकारी पैसामा शाहले आफू निकटको सालिक बनाउन लागेको भन्दै आलोचना सुरु भएको थियो ।

उनको यो निर्णयप्रति कलाक्षेत्रकै व्यक्तिहरुले समेत आपत्ति जनाएका थिए । शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईंहरुको दिन शुभ रहोस् ।’ यमबुद्ध भनेर चिनिने अनिल अधिकारीले २०७३ सालमा लण्डनमा आत्महत्या गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप