मलेसियाली नागरिकलाई सिंगापुरमा फाँसी
शनिबार, २५ असार २०७९, १४ : ४३
सिंगापुरले एक मलेसियाली कैदीलाई मृत्युदण्ड दिएको छ । लागुऔषध ओसारपसार गरेको अभियोगमा कलवन्त सिंह नाम गरेका एक मलेसियालीलाई मृत्युदण्ड दिइएको हो । सिंहले अन्तिम मिनेटमा माफीको लागि अनुरोध गरेका थिए । तर, उनको याचनलाई अदालतले अस्वीकार गरेको थियो ।
कलवन्त सिंहको मृत्युको खबर सिंगापुरका मानवअधिकार कार्यकर्ता कर्सटन हानले आफ्नो ट्वीटमा पुष्टि गरेकी छिन् । हानका अनुसार कलवन्त जस्तै उही मुद्दामा हिरासतमा रहेका र सिंगापुरका नोराशरी गौसलाई पनि लागूऔषध तस्करीको अभियोगमा फाँसी दिइएको थियो ।
‘कलवन्त सिंह र नोराशरी बिन गौस दुवैको मृत्युदण्डको पुष्टि गर्दा म दुःखी छु । दुवै परिवारलाई उनीहरूको शव र मृत्यु प्रमाणपत्र हस्तान्तरण गरिएको छ । कलवन्तको परिवार अझै जेलमा छ । म नोरासरीको अन्त्येष्टिमा जाँदैछु’, हानले ट्वीट गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी