नेपालबाट ४ अर्ब ५५ करोडको अलैँची निर्यात
शनिबार, २५ असार २०७९, १३ : २८
![नेपालबाट ४ अर्ब ५५ करोडको अलैँची निर्यात](https://rpcdn.ratopati.com/media/albums/aalaichi-photo-e1582420579826_lXBPnpHRb2.jpg)
चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । चालू वर्षको ११ महिनाको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको अलैँची निर्यात भएको हो ।
भन्सार विभागको तथ्याङ्कअनुसार यस अवधिमा ५० लाख ५० हजार ५९३ किलोग्राम अलैँची निर्यात भएको छ । नेपालबाट निर्यात हुने अलैँची दक्षिण एसियाकै २ वटा देशमा निर्यात हुने गरेको छ । नेपालबाट यस अवधिमा भारत र पाकिस्तानमा अलैँची निर्यात भएको विभागको तथ्याङ्क छ ।
नेपालबाट भारतर्फ ४ अर्ब ५२ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । यस अवधिमा भारततर्फ ४९ लाख ८० हजार किलोग्राम अलैँची निर्यात भएको छ । यस्तै, पाकिस्तानतर्फ ३ करोड ४४ लाख रुपैयाँ बराबरको ७० हजार किलोग्राम अलैँची निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल मन्त्री फिर्ता नबोलाउने एमालेको निर्णय
-
राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह
-
एकीकृत समाजवादीको महाधिवेशन : दस्ताबेजमाथि १२ समूहमा छलफल
-
अघि बढ्यो टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया, १६ जनालाई बोलाइयो अन्तरवार्तामा
-
विदेशी सम्बन्धनका कलेजबारे अध्ययन प्रतिवेदन सार्वजनिक
-
कांग्रेस र एमाले मिलेर प्राप्त उपलब्धि उल्ट्याउने आशंका बढ्यो : नेसपा यादव समूह