शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षाले भासियो हुलाकी सडक

शनिबार, २५ असार २०७९, १२ : १२
शनिबार, २५ असार २०७९

वर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ । हुलाकी राजमार्गको गढवा–राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट र सडकको केही भाग भासिएको छ ।  

पानी निकास हुन नसक्दा सडक र कल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन । सडकमा क्षति हुँदा अवागमन रोकिएको छ । हुलाकी सडकअन्तर्गत  बनिरहेको सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् । अहिले  पूर्वमा कालाकाटेदेखि पश्चिममा राजपुरको गंगदीसम्मको करिब ४० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप