तीन मुक्तक
शनिबार, २५ असार २०७९, ११ : ४०
१
यो ढुकढुकी किन आज तिमी भित्र सर्न खोज्छ
मेरो शिर पनि निदाउन तिम्रै काखमा पर्न खोज्छ ।
संसार जित्न सक्छु प्रिय साथ तिम्रो पाएँ भने,
दुःखको सागर यो जिन्दगी तिमीसँगै तर्न खोज्छ ।
२
नजिक छु आफू तिमी दूर भए पछि भेट्न सकिन
खोलाको बगर भएर पनि तिर्खा मेट्न सकिन ।
अहो, तिम्रो यादमा खाली बित्छन् हर दिनरातहरु,
अभागी हत्केलाका भाग्य रेखाहरु मेट्न सकिन ।
३
संसार देख्न सकिन्छ साथी फेसबुक भए पछि
दुःख सुख लेखिन्छ म्यासेजमा लेखबुक भए पछि ।
अहो, कस्तो गहिरो चमत्कार छ अहिले विज्ञानको,
डाटा किने पछि चल्छ सरसर चेकबुक भए पछि ।
सुन्दरहरैंचा, मोरङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री सर्गेइ
-
एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान
-
ब्लाक्क एण्ड डेक्करको खरिदमा छुट पाइने
-
विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्की
-
नेपालमा हुन्छ वार्षिक ७२ हजार मेट्रिक टन लसुन उत्पादन
-
सवारी दुर्घटनामा चार जनाको मृत्यु